लक्षय :

  1. देशका ७ वटै प्रदेशमा प्रत्यारोपण सेवालाई विस्तार तथा सुदृढ गर्दै लैजाने ।
  2. देशमा हाल सञ्चालनमा रहेको डायलाइसिस सेवालाई विस्तार गर्नको लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने ।
  3. अंगदान अंग प्रत्यारोपण तथा अंग फेल हुनबाट बचाउन चेतना मूलक कार्यक्रमहरू सञ्चालन गर्ने ।
  4. डायलाइसिस लगायत प्रत्यारोपण क्षेत्रमा तालिमको व्यवस्था गरी उच्चस्तरीय मानब श्रोत तथा संसाधनको व्यवस्था गर्ने ।
  5. न्यून शुल्कमा विशिष्टिकृत तथा गुणस्तरीय सेवा प्रदान गर्ने ।

दृष्टि :

  1. बेड संख्या बढाएर ५०० बेड पुऱ्याउने ।
  2. वर्षेनी ३०० भन्दा बढी मिर्गौला प्रत्यारोपण गर्ने ।
  3. नियमित रुपमा कलेजो प्रत्यारोपण तथा मुटुको जटिल शल्यक्रिया गर्ने ।
  4. केन्द्रलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने ।
  5. मुलुकको ७ वटै प्रदेशमा अंग प्रत्यारोपण सम्बन्धी सेवा विस्तार गर्ने ।