शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको परिचय :

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र एक सरकारी अस्पताल हो । काठमाण्डौबाट करीब १२ कि.मि को दुरीमा रहेको ऐतिहासिक शहर भक्तपुर जिल्लाको सुन्दर तथा रमणीय स्थल दुधपाटीमा अवस्थित यो केन्द्रको स्थापना वि सं २०६९ बैशाख ११ गतेको दिन मानब अंग प्रत्यारोपण केन्द्रको रुपमा स्थापना भएको थियो । यो नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको देशको एक मात्र प्रत्यारोपण केन्द्रको रुपामा रहेको छ । हाल यो अस्पताल नेपाल सरकारको संघीय अस्पतालको रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत सञ्चालित छ ।

मानब अंग प्रत्यारोपण केन्द्रको नामले परिचित यस केन्द्रलाई अमर शहीद धर्मभक्त माथेमा प्रति समर्पण गर्दै २०७४।०९।१३ गते मन्त्रिपरिषद्को निर्णयमा यस केन्द्रको नाम परिवर्तन गरी शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र राखिएको हो । यस केन्द्रको स्थापना तत्कालीन स्वास्थ्य मन्त्री श्री राजेन्द्र महतो, तत्कालीन स्वास्थ्य सचिव डा. प्रवीण मिश्र र केन्द्रका पूर्व कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठको महत्वपूर्ण भूमिका रहेको छ ।

सामान्य बहिरंग सेवा लगायत हेमोडाइलाइसिस सेवाबाट आ७अष्चअसनो सेवा सुरु गरेको यस केन्द्रले हाल मृर्गौला प्रत्यारोपणका साथै विश्वमै जटिल मानिएको कलेजो प्रत्यारोपण जस्तो शल्यक्रिया, अत्याधुनिक यूरोलोजी तथा बिभिन्न रोगको उपचार (पेट, मुटु रोग, नाक काँन, घाँटी), अंग दान सेवा, फिजियोथेरापी, रेडियो डायगनोसिस​​​​​को समेत सेवा प्रदान गर्दै आइ रहेको छ । यस केन्द्रले नेपालमै पहिलो पटक सफल कलेजो प्रत्यारोपण गरेको छ भने मस्तिष्क मृत्यु भएका व्यक्तिहरुबाट मृगौला प्रत्यारोपणको शुरुवात गरेर नेपालको चिकित्सा क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

कोभिडबाट विश्वनै आक्रन्त भएको भयावहः स्थितिमा समेत प्रत्यारोपण कार्यलाई सूचारु रुपले अगाडी लैजान सफल यस केन्द्रले कोभिड संक्रमित विरामीहरूलाई समेत नियमित रुपमा डायलाइसिस सेवा प्रदान गरी रह्यो । स्थापनाकालको १३ औं वर्ष सम्म आइपुग्दा १६००+ जनको मृर्गौला प्रत्यारोपण तथा ३६ जनाको कलेजो प्रत्यारोपण गरेको छ । साथै प्रत्येक दिन १५० जना भन्दा बढी विरामीलाई हेमोडायलाइसिस सेवा दिइरहेको छ ।