बारम्बार सोधिने प्रश्नहरू

बीमाबाट बीमाको नियमानुसार औषधि लिन पाईन्छ ।

स्वास्थ्य बीमा सुविधा लिनको लागि • बीमाको Orgiinal Card • प्रथम सेवा बिन्दुबाट रिफर पेपर (Emergency हकमा रिफर आवश्यक नपर्ने)

ECLIA सम्बन्धी Test को रिपोर्ट सोमबार, बुधबार, शुक्रबार जाचिन्छ ।

Dialysis गरेको 48 घण्टा भएपछि चौविसै घण्टा रगत संकलन गरिन्छ ।

शनिबार अस्पताल प्रशासन र ओपिडी सेवा बन्द रहन्छ । अन्य सेवाहरु यथावत रहन्छन् ।

केन्द्रको ओ पि डि बिहान ९ बजे देखि खुल्छ । टिकट काटने समय बिहान ९ बजे देखि दिउसो १२ बजे सम्म हो ।

अंगदान गर्न इच्छुक व्यक्तिले २ प्रति फोटो नागरिकताको फोटोकफी र ब्लड ग्रुपको रिपोर्ट सहित यस केन्द्रको ९ नं ओ पि डि मा सम्पर्क गर्ने ।

 प्रत्यारोपण परामर्श  नेफ़ो ओपीडी  अंग दाताको मेडिकल परीक्षण  यदि अंग दाता चिकित्सकीय रूपमा अंगदान गर्न योग्य छ भने  अंग ग्रहणकर्ता मेडिकल परीक्षण  यदि अंग ग्रहणकर्ता चिकित्सकीय रूपमा अंगग्रहण गर्न योग्य छ भने कानूनी प्रक्रियाको लागि नेफ्रो र यूरो क्लियरेन्स  कोठा नम्बर ९ मा फाइल पेस गर्ने र बिरामीलाई आवश्यक कानूनी कागजातहरूको लागि सूचि दिने  बिरामी पक्ष कानूनी कागजातहरु तयार गर्न जान्छ, यस बीचमा प्रत्यारोपण संयोजकले चेकलिस्ट तयार गर्दछ र कुनै पनि नभएको वा असामान्य रिपोर्टहरुको लागि बिरामीलाई फोन गर्दछ।  बिरामीले कानुनी कागजातहरु ल्याएपछि, कानुनी कागजातहरू जाँच गरिनेछ  अंगदाता र अंग ग्रहणकर्ताको हिस्ट्रि लिई नेफ्रोलोजिष्टबाट आईतवार र ट्रान्सप्लान्ट सर्जनबाट आईतवार र शुक्रवार ओ पि डि मा नाता प्रमाणित कागजातमा हस्ताक्षर लिने  कानुनी कागजात प्रमाणीकरणको लागि कानूनी समितिमा पठाउने  कानुनी कागजात तयार गरी कानूनी बैठकमा पेश गर्ने  यदि कानूनी कागजात कानूनी समितिबाट प्रमाणित भएमा, फाइलहरू कोठा नम्बर ९ मा पुनः पठाइन्छ ।  प्रत्यारोपण संयोजक द्वारा फेरि एक पटक चेकलिस्टको मूल्याङ्कन गर्ने  यदि ३ महिना अवधिको परीक्षण मिति बाँकी छ भने, PAC को लागी पठाउने तर परीक्षण मिति सकिएको छ भने पुनः परीक्षणको लागि पठाउने र परीक्षण प्रक्रिया समाप्त भए पश्चात मात्र PAC को लागी पठाउने  यदि PAC क्लियर भएमा बिरामीलाई प्रत्यारोपणको प्रक्रियामा राखिने छ  प्रत्यारोपणको समय आए पछि क्रस म्याचको लागि पठाइने र छुट भएका परीक्षणको लागि प्रत्यारोपण संयोजकबाट फोन गरी जानकारी दिने ।

Lab मा रगत तान्ने समय विहान ७ बजे देखी ३ बजे सम्म हो र रिपोट लिने समय बिहान १० बजे देखी ३ बजे सम्म ।

Tac Level को जाँच दैनिक हुन्छ ।

HLA को जाँच आइतबार र मंगलबार हुन्छ ।