बाल मृगौला रोग सेवा सम्बन्धी सूचना
बाल मृगौला रोग सेवा सम्बन्धी सूचना
यस केन्द्रमा मिति २०८३ जेठ १७ गते आइतबार देखि प्रत्येक आइतबार दिउँसो ३ः०० बजेदेखि साँझ ५ः०० बजे सम्म १६ वर्ष भन्दा कम उमेरका बालबालिकाहरूका लागि बाल मृगौला रोग (एभमष्बतचष्अ ल्भउजचययिनथ) सम्बन्धी बहिरङ्ग (इएम्) सेवा सञ्चालन हुँदै आएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।
बालबालिकाको मृगौला प्रत्यारोपण सेवा समेत विस्तार गर्ने उद्देश्यले यस केन्द्रमा बाल मृगौला रोग सम्बन्धी विशेषज्ञ सेवा सञ्चालनमा ल्याइएको हुँदा बालबालिकामा देखिने मृगौला सम्बन्धी समस्या, रोगको पहिचान, उपचार तथा आवश्यक परामर्शका लागि यस केन्द्रसँग सम्पर्क गर्न सकिने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ ।