बधाई तथा शुभकामना
बधाई तथा शुभकामना
मानब अंग प्रत्यारोपण केन्द्र विकास समितिका सदस्य डा. कृष्ण प्रसाद पौडेलज्यू स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक जस्तो गरिमामय एवं महत्वपूर्ण पदमा नियुक्त हुनुभएकोमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र परिवारको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।
स्वास्थ्य क्षेत्रमा यहाँले पुऱ्याउँदै आउनुभएको महत्वपूर्ण योगदान, अनुभव, नेतृत्व क्षमता तथा व्यावसायिक दक्षताको उच्च सम्मान गर्दै आगामी कार्यकालमा स्वास्थ्य सेवा प्रणालीलाई थप प्रभावकारी, गुणस्तरीय, जनमुखी तथा परिणाममुखी बनाउन उहाँको नेतृत्वले महत्वपूर्ण योगदान पुऱ्याउने विश्वास लिएका छौं।
यस महत्वपूर्ण जिम्मेवारीमा यहाँको कार्यकाल सफल, उपलब्धिमूलक एवं प्रेरणादायी रहोस् तथा नेपाली जनताको स्वास्थ्य सेवामा थप उल्लेखनीय योगदान पुऱ्याउन सफलता मिलोस भन्ने शुभकामना व्यक्त गर्दछौं।
डा. कल्पना कुमारी श्रेष्ठ
कार्यकारी निर्देशक