ऋषिपन्साचमीमा सार्वजनिक विदा नरहेको संबन्धमा

नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज, २०८३ को पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
मिति २०८३ भाद्र २९ गते हरितालिका तीजको अवसरमा यस केन्द्रमा कार्यरत महिला कर्मचारीहरूका लागि सार्वजनिक बिदा हुने व्यवस्था रहेकोमा, भुलवश यस केन्द्रबाट प्रकाशित २०८३ सालको क्यालेण्डरमा मिति २०८३ भाद्र ३० गते समेत महिला कर्मचारीका लागि बिदा उल्लेख हुन गएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
अतः मिति २०८३ भाद्र ३० गते केन्द्रको सेवा तथा प्रशासनिक कार्यहरू साविक बमोजिम नियमित रूपमा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।