युरोलोजी (Urology) भनेको मूत्र प्रणाली (मिर्गौला, मूत्रनली, मूत्राशय) तथा पुरुष प्रजनन अंगसँग सम्बन्धित रोगहरूको निदान तथा शल्यचिकित्सा गर्ने चिकित्सा शाखा हो। मिर्गौला प्रत्यारोपण शल्यचिकित्सा (Renal Transplant Surgery) भनेको असफल मिर्गौलाको सट्टा स्वस्थ दाताबाट प्राप्त मिर्गौला प्रत्यारोपण गर्ने प्रक्रिया हो।
यस केन्द्रमा युरोलोजी तथा मिर्गौला प्रत्यारोपण सम्बन्धी सम्पूर्ण सेवा आधुनिक प्रविधिको प्रयोग गरी प्रदान गरिन्छ।
प्रदान गरिने सेवाहरू:
- युरोलोजी सम्बन्धी रोगहरूको परीक्षण तथा निदान
- औषधि तथा शल्यक्रिया मार्फत उपचार
- मिर्गौला प्रत्यारोपण पूर्वको मूल्यांकन तथा तयारी
- जीवित तथा मस्तिष्क मृत्यु भएका दाताबाट मिर्गौला प्रत्यारोपण
- शल्यक्रिया पश्चातको स्याहार तथा निगरानी
- दीर्घकालीन अनुगमन (Follow-up) सेवा
यस विभागमा अनुभवी युरोलोजिस्ट, प्रत्यारोपण सर्जन, नेफ्रोलोजिस्ट तथा दक्ष स्वास्थ्यकर्मीहरूको टोलीले बिरामीलाई गुणस्तरीय र सुरक्षित सेवा प्रदान गर्दछ।
किन यो केन्द्र रोज्ने?
- अनुभवी र बहु-विषयगत (Multidisciplinary) चिकित्सक टोली
- आधुनिक उपकरणसहितको सुविधा सम्पन्न पूर्वाधार
- नवीनतम शल्यचिकित्सा प्रविधिको प्रयोग
- सरकारी अस्पताल भएकाले सुलभ र किफायती सेवा
- प्रत्यारोपण अघि र पछि पूर्ण हेरचाह
राष्ट्रिय आर्थिक गणना २०८२