केन्द्रको १४औँ वार्षिकोत्सवको अवसरमा सबैमा हार्दिक शुभकामना।
आज यस केन्द्रको १४औँ वार्षिकोत्सवको विशेष दिनको अवसरमा केन्द्रलाई यहाँसम्म ल्याउन अथक मेहनत, समर्पण र सेवाभाव देखाउनु हुने सम्पूर्ण कर्मचारी परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं। तपाईंहरूको प्रयासकै कारण आज हामी यो महत्वपूर्ण उपलब्धिमा पुग्न सफल भएका छौं।
हामीमाथि विश्वास गरी आफ्नो स्वास्थ्य हाम्रो जिम्मा दिनुहुने सम्पूर्ण बिरामी तथा सेवाग्राहीहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं। तपाईंहरूको विश्वास नै हाम्रो सबैभन्दा ठूलो प्रेरणा हो।
यस महत्वपूर्ण अवसरमा सबैमा हार्दिक शुभकामना। 🙏
