हाम्रो मिशन

हाम्रो लक्ष्य

देशका ७ वटै प्रदेशमा प्रत्यारोपण सेवालाई विस्तार तथा सुदृढ गर्दै लैजाने । देशमा हाल सञ्चालनमा रहेको डायलाइसिस सेवालाई विस्तार गर्नको लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने । अंग दान, अंग प्रत्यारोपण तथा अंग फेल हुनेबाट बचाउन चेतना मूलक कार्यक्रमहरू सञ्चालन गर्ने । डायलाइसिस लगायत प्रत्यारोपण क्षेत्रमा तालिमको व्यवस्था गरी उच्चस्तरीय मानव श्रोत तथा संसाधनको व्यवस्था गर्ने । न्यून शुल्कमा विशिष्टिकृत तथा गुणस्तरीय सेवा प्रदान गर्ने ।